कर्णाली प्रदेश सरकारले स्थानीय तहसम्म कोभिड अस्पताल राख्ने
सुर्खेत– कर्णाली प्रदेश सरकारले सबै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशको विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको हो ।
भारत लगायतका देशमा पुनःकोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै कोरोना नियन्त्रण गर्न प्रदेशको प्रवेशद्वारमा नै जाँचको व्यवस्था भिलाइने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्