स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु हुन अझै केही समय लाग्ने
रसुवा– चीन सरकारको अनुदान सहयोगमा स्तरोन्नति गरिन लागिएको रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु हुन अझै केही समय लाग्ने भएको छ ।
चैत्र महिनाबाट काम सुरु गर्ने जनाइएको भएपनि सडकमा रहेको विजुलीको खम्बा सार्ने कामसँगै टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएका कारण टिबेट थियानलु कम्पनी लिमिटेडले काम अगाडि नबढाएको हो ।
नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले विद्युतको खम्बा सार्ने काम ८० प्रतिशत मात्र भएको जनाएको छ । टिबेट थियानलु कम्पनी लिमिटेडले २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो ।
३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ पक्षले स्याफ्रुदेखि रसुवागढीसम्मको १५ दशमलब ८ किलोमिटर सडक कालो पत्रे सहितको दुई लेनको बनाउने योजना रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्