एमाले–माओवादी ब्युँताउने फैसलाविरुद्ध दाहाल सर्वोच्च अदालतमा
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनरावलोकन निवेदन दिनुभएको छ ।
फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत जानुभएको हो । सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएपछि फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन माओवादीका नेता तथा बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमन श्रेष्ठसहित उहाँ सर्वोच्च जानुभएको हो ।
पुनरावलोकन निवेदन दर्ता गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले फैसला सच्याउनेमा आशावादी भएको बताउनुभएको छ ।
‘विगतमा पनि टिप्पणी भएपछि सर्वोच्चले पुनरावलोकन गर्ने गरेको छ, हामीलाई विश्वास छ देशको स्थायित्व, शान्ति र समृद्धिका लागि एकताबद्ध भएका दललाई विभाजित गर्ने फैसला सच्याउनेछ,’ उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्