नेपालमा कोरोना भाइरसका १७९ जना सङ्क्रमित थपिए

काठमाडौं– नेपालमा कोरोना भाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ५६५ जनाको आरटी/पीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.