कोभिड उपचारका लागि विश्व बैंकले ८ अर्ब ७० करोड रुपैयाँ ऋण सहयोग गर्ने

काठमाडौं– कोभिड(१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाललाई विश्व बैंकले ८ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो ऋण सहयोग सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड(१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यो अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो ।
सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नु भयो । त्यसबखतअर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि पछिल्लो वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले कोभिड(१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तारमा सहयोग पुग्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्