घाँस पलाउने भन्दै स्थानीयले लगाउँछन् वनमा आगो

डडेल्धुराको ४० प्रतिशत भन्दा बढी वन क्षेत्रमा डढेलो

डडेल्धुरा– यस वर्षको हिउँदमा डडेल्धुराको ४० प्रतिशत भन्दा वढी वन क्षेत्रमा डढेलो लागेको छ । गर्मीयाम सुरु भए सँगै जिल्लाका सामुदायिकसहित राष्ट्रिय वन गरी ४० प्रशितत भन्दा वढी वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । बढी जसो सामुदायिक वनमा डढेलो लागेको छ ।

लामो समयदेखिको खडेरीका कारण वनमा सुख्खा भएकाले विगतका वर्ष भन्दा यो वर्ष वढी वन क्षेत्रमा डढेलो लागेको हो । स्थानीय उपभोक्ताको अज्ञानताका कारण वनमा आगलागी हुने गरेको छ । गाईगोरुलाई चरिचरनका लागि सहज हुनुका साथै घाँस पलाउने भन्दै स्थानीय बासिन्दाहरु नै सामुदायिक वनमा आगो लगाउने गरेकाले पनि डडेल्धुरामा बढी जसो वन क्षेत्रमा आगो लाग्ने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

वनमा लागेको डढेलोका कारण जंगली जनावर समेत प्रभावित हुनुका साथै वन जगलमा रहेका बोट विरुवामा समेत ठूलो क्षति हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.