नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।

नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २१० रहेको पुगेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ३०३६ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.