नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गर्नुभएको थियो ।

गण्डकी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका तर्फबाट मन्त्री चुमानले पार्टी संसदीय दलको निर्णयानुसार आजै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिनुभयो । पार्टी दुई भइसकेको अवस्थामा पछिल्ला समयमा भइरहेका गतिविधिलाई सरकारभित्र रहेर विरोध गर्न नैतिक प्रश्न उठ्ने अवस्थासमेत रहेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा सङ्घीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै चुमानले यसको कार्यान्वयनका लागि आफूहरू निरन्तर क्रियाशील बनेको बताउनुभयो । सरकारमा रहँदा संविधानको कार्यान्वयनका लागि हरतरहले क्रियाशील बनेको उल्लेख गर्दै उहाँले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी लिने क्रममा ४६ वटा संशोधनसहितका कानून निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.