नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कबीच सहकार्य सम्झौता

काठमाडौं– बैङ्क सम्बन्धि जनचेतनामुलक स‌‌न्देश उत्पादन र प्रसारण गर्ने सम्वन्धमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् ।

नेपाल टेलिभिजनबाट बैङ्कस‍ँग‌ सम्बन्धित जनचेतनामुलक सामग्री प्रसारण गर्ने सम्बन्धमा शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गर्नु भयो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले देशभर वित्तीय पहुँच विस्तार गर्ने दिशामा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दुई संस्थाबीचको सहकार्य आउँदा दिनमा अझ उचाइमा पुर्‍याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.