अवैध रुपमा ल्याउँदै गरेको ठूलो परिणामको जडिबुटी धादिङमा पक्राउ

धादिङ- उत्तरी धादिङको रुवी भ्यालीबाट अवैध रुपमा विक्रिका लागी सदमुकामतर्फ ल्याउँदै गरैको एक ट्रक जडिबुटी जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

जडिबुट्टीको अवैध ओसारपसार हुन्छ भन्ने सुराकीको आधारमा धादिङ प्रहरीले गरेको चेक जाँचका क्रममा निकै ठुलो परिमाणमा जडिबुटी पक्राउ गरेको हो ।

प्रहरीले यससँगै एक सवारी साधन र चालक समेत पक्राउ गरेको छ । सो जडिबुटी खानीयाँवास गाउँपालिकाको डुण्डुरे भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा बा ५ख ६३४५ नम्वरको स्वराज ट्रकमा लोड गरी धादिङ ल्याउदै गरेको अवस्थामा खनीयाँवास गाउँपालिका निवासी ३५ वर्षी राजकुमार तामाङ्गलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेको जडिबुटीमध्ये मजिठो ३५९ किलोग्राम, पाखनबेद १०१४ किलोग्राम, चिराईतो १७ किलोग्राम, कालीकाठ दाना (कालीदाना) ८ किलोग्राम, रहेको छ ।

पक्राउ परेको सवारी सामान र मानिसलाई थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय धादिङमा बुझाईएको धादिङ प्रहरीले जनकारी दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.