नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
गुल्मी– गुल्मीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा ५ वर्षीय र ८ वर्षीय बालकको खोलामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनुभयो ।
बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्