एमालेका चार सांसदः जसले जोगाइदिए शाही सरकार

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पद एमालेका चार सांसदले जोगाइदिएका छन् ।

प्रदेश सभामा एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गर्दै माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री भएका शाहीको पक्षमा मतदान गर्नुभयो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुभएको थियो ।

ज्वाला र बुढा शाही सरकारमा मन्त्री हुनुहुन्थ्यो ।

नेकपा एमाले संसदीय दलले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.