एमालेका चार सांसदलाई कारबाही सिफारिस

काठमाडौं– पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ ।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न दलले केन्द्रमा सिफारिस गरेको प्रमुख सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो । चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले विश्वासको पक्षमा मतदात गरेर पुनः मत सच्याउने समानुपातिक सांसद देवी वलीलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.