मुख्यमन्त्री शाहीद्वारा तीन मन्त्री नियुक्त
सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत हासिल गरेपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।
जसअनुसार उहाँले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिनुभएको थियो ।
यसअघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समाली रहनुभएको थियो ।
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आज लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्