गृहमन्त्रीमा आजै ‘वादल’ले पुन: सपथ लिनुहुने

काठमाडौं- एमाले नेता रामबहादुर थापा ‘वादल’ आज साँझ पुन: गृहमन्त्री नियुक्त हुनुहुने भएको छ ।

आजै मात्रै राष्ट्रिय सभाको सांसदपदबाट मुक्त भएसँगै मन्त्रीपदबासमेत मुक्त हुनुभएका वादललाई पुन: गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले आज साँझ नै सपथ लिनुहुने छ ।

यसअघि, गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सांसदको पद नरहेको संसद सचिवालयले जनाएको थियो ।

उहाँ राष्ट्रिय सभाको सांसद नरहनु भएको सचिवालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ। नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो ।

माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नु भएको निर्णयवाट उहाको सांसद पद रिक्त भएको संसद सचिवालयले सूचनामा जनाएको छ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नु भएका थापाले अदालतको फैसलापछि एमाले रोज्नु भएको थियो ।उहाको सासद पद रिक्त भए पछी उहाँले पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्ने व्यवस्था रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.