कैलाली- भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका विभिन्न जिल्लामा आज हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी हिजो अपराह्न ४ बजेदेखि नाका बन्द हुने भएको हो ।
स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जनाइएको छ । सीमानाका बन्द भएसँगै कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।
भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् ।
सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको सङ्क्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ ।
एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्