संसदको चालू अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं– सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्