पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाईते, दुईको अवस्था गम्भिर

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका छन् ।

मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जना सामान्य घाइते भएका छन ।

घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

जीप सडकदेखि करिब ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.