‘सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत्’

 

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ ।

माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘आज निर्णय भएन,’ उहाँले संवाददाताहरुसित पार्टी कार्यालय पेरिसडाँडामा भन्नुभयो, ‘भोलिको बैठकमा छलफल हुन्छ ।’

श्रेष्ठले कांग्रेससहितका दलहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव राख्ने दाबी गर्नुभयो ।

माओवादी केन्द्रको अर्को बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.