फ्लोर क्रस गर्ने एमाले सांसद निश्कासित

काठमाडौं– कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् ।

नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.