माधव नेपाल समूहलाई एमालेमा ढोका खुला छः मन्त्री तुम्बाहाङफे

विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले माधव नेपाल समूहलाई एमालेमा ढोका खुला रहेको बताउनुभएको छ ।

नेपालसहित उहाँको समूहका नेताहरुलाई समानान्तर गतिविधि त्यागेर मूलधारमा फर्कन अपिल गर्नुभयो । ‘अब गुटको रुपमा स्वीकार गर्ने अवस्था छैन,’ मोरङको मिक्लाजुङमा एमाले गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा शुक्रबार उहाँले भन्नुभयो, ‘विधानमा टेकेर जिम्मेवारीका लागि प्रक्रियामा छिर्नुहोस् ।’

मन्त्री तुम्बाहाङफेले एमालेले नेपाल समूहले आफ्नै सरकार ढाल्ने र मुलुकलाई अस्थिरतातर्फ लैजाने गलत कार्य गरेको आरोप लगाउनुभयो । उहाँले नेपाल समूहको निर्देशनमा कर्णालीमा एमालेका चार सांसदले फ्लोर क्रस गरेको घटना क्षम्य नहुने उल्लेख गर्नुभयो ।

मन्त्री तुम्बाहाङफेले केपी ओली सरकारले भूमि समस्या समाधानका लागि आयोगमार्फत तीब्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.