कोरोना संकटः नेपालमा पनि अस्पताललाई बिरामी थेग्न गाह्रो

बुटवल– छिमेकी भारतमा कोरोना बिरामीको उपचार समस्या भएको समाचार सार्वजनिक भइरहेकाबेला नेपाली अस्पतालमा पनि उस्तै समस्या देखिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि बिरामीको चाप थेग्न अस्पतालहरुलाई अप्ठ्यारो पर्दै जान थालेको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित अस्पतालहरुका आइसियु बिरामीहरुले भरिएका ती अस्पतालहरुले जनाएका छन् ।

रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आइसियु कक्षका सबै १५ बेड भरिएका छन् । वेड अभावमा थप विरामीलाई भर्ना गर्न नसक्दा रिफर गर्न थालिएको छ ।

जिल्लाको प्रदेश स्तरिय कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि शैया पाउन नै नसक्ने अवस्था रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकलपर्सन डाक्टर सुर्दशन थापाले जानाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.