धरहरा भत्कंदा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महाभूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिइने घोषणा गर्नुभएको छ ।

पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा प्राथमिकताका आधारमा अवसर दिइने घोषणा गर्नुभएको हो । पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परिवारका १ जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने उहाँको भनाइ छ ।

धरहरामा मात्रै दर्जनौंको ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.