कोरोना जोखिमः हेटौंडामा जोर बिजोर लागू

हेटौंडा– वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी तथा सार्वजनिक सवारी जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको हो ।

कोरोना सङ्क्रमण तीव्ररुपमा बढेसँगै सङ्क्रमण थप बढ्न नदिन आइतबारदेखि मकवानपुरभरका पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ । यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.