बारको राष्ट्रिय सम्मेलन स्थगित
काठमाडौं- नेपाल बार एसोसिएशनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ ।
कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मलाई स्थगित गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।
बारमा प्रत्येक नयाँ कार्यसमितिले कानून व्यवसायीको राष्ट्रिय सम्मेलन गरी कानून क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशा तय गर्ने गर्दछ ।
आगामी जेठमा राष्ट्रिय सम्मेलन तय भएको भए पनि कोभिडका कारण तत्कालका लागि स्थगित गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्