साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम तिब्र

बैशाख- अधिकांश बिकास निर्माण कार्यहरुमा ढिलासुस्ती भइरहेको खोटाङमा साप्सुखोला मोटरेबल पुल भने समयमै बन्ने आशा पलाएको छ ।

करिब एक महिना म्याद बाँकी रहँदा दिक्तेल-रुपाकोट- मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको छ ।

४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुल निर्माणको ठेक्का लिएको निर्माणकम्पनी सुर्य एण्ड सन्स प्रालिले ढलान कार्य शुरु गरेको हो । बैसाख १७–१८ गतेसम्ममा पुल ढलानको काम सम्पन्न हुने निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज  हरिप्रसाद बरालले बताउनुभयो ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको हो ।

पुल निर्माणमा गाउँपालिकाको २ करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सूर्य एण्ड सन्स प्रालिले २०७८ जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो ।

मुल्य अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो ।
दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.