नेता नेपाललाई अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं– सर्वोच्च अदालतले आफूहरुमाथि हुन लागेको कारबाही रोक्न नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।
एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न माग गर्दै अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्