कोरोनाबीच पनि वाणिज्य बैंकहरुको नाफा बढ्यो

काठमाडौं– कोरोना भाइरस कोभिड-१९ को असरका बाबजुद पनि ९ महिनामा २७ वाणिज्य बैंकहरुको नाफा बढेको छ ।

२७ वाणिज्य बैंकहरुले साउनदेखि चैत मसान्तसम्म कुल ५० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् ।

गत वर्षको तुलनामा बैंकहरुको समग्र नाफा १३.५ प्रतिशत बढेको छ । गत वर्ष बैंकहरुले यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए।

नबिल बैंकले ९ महिनामा ३ अर्ब ६८ करोड रूपैयाँ खुद नाफा कमाउँदै सबैभन्दामाथि रहेको छ । नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन् । त्यसैगरी नाफा घट्नेमा ६ बैंक छन् । एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसीसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। अन्य २१ बैंकको नाफा भने बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.