माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालियो

दोलखा– ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ ।

बिहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गर्नुभएको हो ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक उद्घाटन गर्नुहुने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको हो । आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.