५७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ५७२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५९१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । ९२८ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा निको हुने दर घट्दै ८६ दशमलव ९ प्रतिशत पुगेको छ ।

२४ घण्टामा उपत्यकामा २९५६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी २९५६ कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.