आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान

आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान
काठमाडौं- चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ ।

चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कको आधारमा यो वृद्धिदरको प्रारम्भिक अनुमान विभागले सार्वजनिक गरेको हो ।

सोही वृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशत ऋणात्मक हुने संसोधित अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । तर प्राथमिक र द्धितिय क्षेत्रको योगदान भने घटेको छ ।

कुल गार्हस्थ उत्पादनमा कृषि, वन, मत्य र खानी उत्खननको योगदान २६.४ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । हालसम्म प्राप्त अनुमानहरुको अध्ययनबाट चालु आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा ४ दशमलव ०१ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.