काभ्रे जिल्लामा पनि निषेधाज्ञा जारी

काभ्रे– जिल्लामा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि उपत्यकासँग सिमा जोडिएको जिल्ला काभ्रेका केही स्थानमा आइतबार राति १२ बजेबाट लागू हुने गरी निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ६० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ती स्थानमा निषेध आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको सांगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाट सम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा देखि नाला भगवतीसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दायाँ–बायाँ ५ सय मिटर, वीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटर र पाँचखालको जिरोकिलो देखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेधाज्ञा जारी गरिएको छ ।

शनिवार एक बजेसम्म काभ्रेमा सकृय संक्रमितको संख्या चार सय पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रेड जोन’मा राखको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.