कोरोना संक्रमणमा नेपालमा नयाँ रेकर्ड, २४ घण्टामा अहिलेसम्मकै उच्च संक्रमण

काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जनामा संक्रमण पुष्टि

काठमाडौं– आज देशभर पाँच हजार ७६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पीसीआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्र सक्रमणबाट १९ जनको जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १००

विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोभिड भाइरसको सक्रमण पुष्टि भएको हो । १४,९६९ जनामा परीक्षण गर्दा एकतिहाई भन्दा बढीमा सङ्क्रमण देखिएको छ । यो संख्या अघिले सम्मकै सर्वाधिक दैनिक बृद्धि हो । यस अघि गत कार्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा सक्रमण पुष्टि भएको थियो । यस्तै कोभिडको सक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनको जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यसैबीच बढ्दो सक्रमण प्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न जोड दिएको छ ।

शुक्रबारको तुलनामा काठमाडौं उपत्यकामा सक्रमण देखिनेको संख्या भने कमी आएको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार काठमाडौं उपत्यकामा २९ संक्रमण पुष्टि भएको थियो । निषेधाज्ञाको तेस्रो दिन शनिबार त्यो संख्या करिव २५ सयमा झरेको छ । काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित भएका छन् । काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिले देशभरि ४३,२१३ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टाको अवधिमा १२ सय ८७ जना निको भई घर फर्केको पनि मन्त्रालयले जनाएको छ। हाल ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा उपचारत रहेका छन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.