उपत्यकामा एक हजार बेड थप्ने सरकारको निर्णय

कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था छैनः स्वास्थ्य मन्त्री

काठमाडौं– सरकारले कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना सम्वन्धी परिक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पार्नुभएको छ । मन्त्रालयमा आज आकस्मिक बैठकपछि मन्त्री त्रिपाठीले उपत्यकामा भोलि आइतबार १ हजार शैय्या थप गरिने जानकारी दिनुभयो ।

सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नु हुँदै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि वताउनुभयो ।

एकसाता भित्र काठमाडौं उपत्यकामा ७ हजार शैय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिनु भयो । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएको प्रति सरकार गम्भीर रहेको बताउनुहुँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपील गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.