भारतमा कोरोना संक्रमित र मृतकको संख्या विश्व मै सबैभन्दा धेरै

भारतमा कोरोना संक्रमित र मृतकको संख्या विश्व मै सबैभन्दा धेरै छ ।

विगत २४ घन्टामा ३ लाख ९२ हजार बढिमा संक्रमण देखिएको छ ।

यस्तै ३ हजार ६ सय ६६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतका अस्पतालहरुमा अक्सिजन तथा बेडको चरम अभाव भइरहेको छ । भारतमा विश्व मै सबैभन्दा बढि खोप उत्पादन गर्ने राष्ट्र भएपनि अहिले भारतमा खोपको समेत अभाव भएको छ । संक्रमितको र मृतक संख्या अत्याधिक रुपमा बढिरहदा भारतमा जारी खोप अभियान नै प्रभावित भएको हो ।

यता पाकिस्तानमा गत वर्षको तुलनामा यस वर्ष कोभिड १९ का गम्भिर प्रकृतिका बिरीमीको संख्या ५७ प्रतिशतले बढेको छ । पाकिस्तानमा कोरोनाका कारण गम्भिर भएर भेन्टिलेटरमा उपचार गराउनेको संख्या ५ हजार भन्दा बढी रहेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको छ । पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको मृत्यु भइसेकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.