लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य
बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । विशेष अधिवेशन बोलाएपनि आज विहान मात्र मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि प्रदेश सभाको औचित्य सकिएको भन्दै सचिवालयले सूचना टाँस गरी अधिवेशन अन्त्य गरिएको जानकारी दिएको हो ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषदले आज गरेको निर्णय अनुसार अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुख धर्मनाथ यादवले सूचनामार्फत जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्