नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, एकै दिन थपिए ७ हजार २ सय ११ संक्रमित

काठमाडौं– नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६१२ जना निको भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने ३५९५ जना संक्रमित भएका छन् । काठमाडौंमा २७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.