विधानसभा निर्वाचनमा भाजपालाई पछि पार्दै तृणमूल काँग्रेसको अग्रता

भारत- मोदी नेतृत्वको भाजपालाई पछि पार्दै विधानसभा निर्वाचनमा ममता बेनर्जीको तृणमूल कंग्रेसको अग्रता लिएको छ ।

भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासित सहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, आसाम र पाँडेचरीमा निर्वाचन गरिएको थियो ।

पश्चिम बङ्गलाको नन्दीग्राम क्षेत्रबाट करिब एक हजार २०० मत अन्तरले बनर्जीले बिजयी हुनुभएको छ ।

बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरु दलको उपस्थिति नगन्य देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.