गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, पौडेल र यादवलाई नियुक्ति सिफारिस

काठमाडौं– सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

बैठकले सीता पौडेललाई गण्डकी र गंगाप्रसाद यादवलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पौडेल एमाले नेतृ हुनुहुन्छ भने यादव पूर्व उपसभामुख हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.