नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु

काठमाडौं– नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १ सय ७६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ४ सय ४८ जना संक्रमित भएका छन् । सोही अवधिमा २०२१ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ रहेको छ ।

नेपालमा अहिलेसम्म ८३ दशमलव ३ प्रतिशत निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.