प्युठानमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते

प्युठान- गएराति प्युठान नगरपालिका-८, पाडाबाङमा डबल क्याप पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृृृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन । खाद्यान्न पुर्‍याएर नौबहिनि गाउँपालिकाको बाहाने बजारबाट प्युठान नगरपालिकाको बाग्दुलातर्फ फर्कँदै गरेको लु १च ६७८१ नम्बरको उक्त पिकअप मङगलबार राति दुर्घटनामा परेको थियो ।

पिकअप दुर्घटनामा परी पिकअपमा सवार ३ जना मध्य प्युठान नगरपलिका – ८ बाग्दुला बस्ने २१ बर्षीय समर कुँबरको घटना स्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

गैरेका अनुसार घाइते हुनेमा दुर्घटनाग्रस्त पिकअप जिपका चालक गौमुखी गाउँपालिका -४, पुजाका २३ बर्षिया लोकेन्द्र के.सी.र गौमुखी गाउँपालिका- १ ,अर्खाका १७ बर्षीय कृष्ण सुनार छन ।

घाइतेहरुको उपचार जिल्ला अस्पताल बिजुवार प्युठानमा भइरहेको छ । जिप सडकबाट  करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन घटनाबारे आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.