आज र भोलि सांसदहरुको कोरोना परीक्षण

काठमाडौँ- प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुँदैछ । आज र भोलि कोरोना परीक्षण हुन लागेको हो ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । यस्तै संसद्का महासचिव, सचिवहरू, कार्यव्यवस्था र सांसद सुविधा शाखाका कर्मचारीको नमुना सङ्कलन गरिने छ । सङ्घीय संसद्का सबै कर्मचारीको कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिने छ । साथै पदाधिकारीका निजी सचिवालयमा कार्यरत कर्मचारीको नमुना सङ्कलन पनि बुधबार नै हुनेछ ।

यस्तै आज पनि परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । आज सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, बैठकको सुरक्षामा खटिने सुरक्षाकर्मी, बैठक कक्षमा उपस्थित हुने सञ्चारकर्मीको नमुना सङ्कलन हुनेछ । यस्तै स्वकीय सचिवलगायतका कर्मचारी, चेकजाँचमा खटिने कर्मचारीको पनि आज नै नमुना परीक्षण हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.