बुटवलमा एकैरातमा ४ जना संक्रमितको मृत्यु

बुटवल-  बुटवलमा एकैरातमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा गएराति ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ।

१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षीया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६ः२५ मा मृत्यु भएको छ।

त्यसैगरी, बिहिबार भर्ना भएकी तिलोत्तमा-४ की ४० वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले बताए।

यस मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.