२४ घण्टामा अहिलेसम्मकै धेरै मृत्युको रेकर्ड, संक्रमित पनि हालसम्मकै उच्च

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको रेकर्ड अहिलेसम्मकै धेरै कायम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । संक्रमणमा पनि उस्तै गरी नयाँ रेकर्ड कायम भएको छ । मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ पीसीआर र ६१६ एन्टीजेन परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् ।
६६३५२ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।





प्रतिक्रिया राख्नुहोस्