नेकपा एमाले स्थायी समितिको बैठक बालुवाटारमा जारी

काठमाडौँ- नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिनकै लागि विशेष अधिवेशन आव्हान भइसकेको अवस्थामा एमालेको स्थायी समितिको बैठक बस्न लागेको हो ।

हिजो मात्र नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका केही नेताहरुसहित प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालगायतका काँग्रेसका नेताहरुलाई देउवा निवासमै गएर भेट गर्नुभएको थियो ।

संसदमा नेकपा एमालेको मात्र बहुमत नपुग्ने र माओवादी केन्द्रले सरकारलाई समर्थन हिजै मात्र फिर्ता लिएपछि एमालेका नेताहरु अहिले संसदमा बहुमत पुर्‍याउन कसरत गरिरहेका छन । यसैको कडीको रुपमा हिजो काँग्रस नेताहरुको भेटलाई लिइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.