राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं- निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भोलि उम्मेदवारको विरोधमा उजुरी कार्यतालिका छ । यसैगरी, २६ र २७ गते उजुरी उपर जाँचबुझ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने तथा २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.