ब्राजिलमा प्रहरी र लागूऔषध तस्करविरुद्ध भएको गोली हानाहानमा २५ जनाको मृत्यु

ब्राजिल-ब्राजिलमा प्रहरी र लागुऔषध तस्करहरू बिरुद्ध भएको गोलि हानाहानमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

रियो दि जेनेरियोको एक बस्तीमा प्रहरीले लागुऔषध कारोबार गर्ने समूह बिरुद्ध गरेको छापा कारबाहीमा दुइ पक्षबीच गोलि हानाहान भएको हो । जसमा एक जना प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

तस्करहरूले बालबालिकाहरुलाई लागु औषधि बेचबिखनमा प्रयोग गरेको भन्ने सुचनाको आधारमा प्रहरीले कारबाही गरेको जनाएको छ ।

प्रहरीले बख्तरबन्द गाडी र हेलिकप्टरद्वारा बस्तीमा प्रवेश गर्दा तस्करहरु छत् बाट हामफालेर भाग्ने कोशिस गरेका थिए । यो रियो दि जेनेरियो शहरको पाँच वर्षायता सबैभन्दा ठुलो प्रहरी कारबाही हो ।

ब्राजिलको फबेलास भनिने बिपन्न बस्तीहरु दशकौ देखि लागु पदार्थ र सो संग सम्बन्धित हिंसाबाट ग्रस्त छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.