राष्ट्रिय पत्रकारिता दिवस: चार जना संचारकर्मी पुरस्कृत

काठमाडौं- आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस । नेपालमा आज कै दिनबाट गोरखापत्र प्रकाशन शुरु भएको थियो । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो ।

यसैबिच राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहनुभएको छ । उहाँहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.