चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोग अनुमति
बेइजिङ– विश्व स्वास्थ्य संगठन डब्ल्यु एचओले चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।
चीनको सरकारी मातहतको औषधि उत्पादक कम्पनि सिनोफार्मले बनाएको सिनोभ्याक खोपलाई शुक्रबार बसेको डब्ल्यु एच ओको बैठकले स्वीकृति दिएको हो । यो खोप दुई मुख्य चिनियाँ खोप मध्येको एक हो जुन हालसम्म चीन र विदेशमा गरि करोडौं मानिसले लगाइसकेका छन् ।
डब्ल्यूएचओले यसघि फाइजर, एस्ट्राजेनेका, जॉनसन एन्ड जोन्सन र मोडर्नाद्वारा बनाएको खोपहरूलाई मात्र स्वीकृति दिएको थियो । यो खोप कोरोना बिरुद्ध लड्न आपतकालीन प्रयोजनका लागि डब्ल्यु एच ओको मान्यता पाएको छैटौं खोप हो ।
संगठनका महानिर्देशक तेद्रोस अधानोमले एक छुट्टै विशेषज्ञ प्यानलले सिनोभ्याक खोप १८ वर्ष उमेर माथिका लाई दुई डोज लगाउन सिफारिस गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्