१९ सांसदलाई कोरोना संक्रमण, संसदसँग सम्बन्धित १२३५ जनाको परीक्षणमा १४१ जनालाई कोरोना

काठमाडौं– १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलगायत १२३५ जनाको पीसीआर परीक्षण गराएको थियो । सचिवालयका अनुसार एक जना राष्ट्रिय सभाका सांसदसहित १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

पीसीआर परीक्षण गरिएका मध्ये १२३४ जनाको रिपोर्ट प्राप्त प्राप्त भएको सचिवालयले जनाएको छ ।

सचिवालयले संक्रमित सांसदहरुलाई मतदानमा सहभागिताबारे विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.